प्रदेश नम्बर दुईमा ७२ प्रतिशत मतदान

प्रदेश नम्बर दुईमा ७२ प्रतिशत मतदान

केन्द्रबिन्दु
0
Shares

 

वीरगञ्ज, २ असोज । यहाँ आज भएको स्थानीय तहको निर्वाचनमा ७० देखि ७२ प्रतिशतसम्म मतदान भएको छ ।

पर्साका प्रमुख निर्वाचन अधिकृतले साँझ ५ बजेसम्म्म बढीमा ७२ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको जानकारी दिए ।

निर्वाचन अब कसैले रोक्न सक्दैन – मन्त्री थापा

यसैविच कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताएका छन् ।

पोखरा–लेखनाथ नगर होटल रेष्टुरेन्ट तथा बार एशोसिएशन (सिटी रेवान) ले पोखरामा आयोजना गरेको छैठौँं सिटी रेवान महोत्सव तथा खाद्य मेलाको उद्घाटन गर्दै यी दुई निर्वाचन सम्बन्धी कानून बनाएर निर्वाचन आयोगलाई दिइसकिएकाले निर्वाचन सुनिश्चित जस्तै भएको धारणा राखे ।

मन्त्री थापाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि राष्ट्रपति, उप–राष्ट्रपति र राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन हुने भएकोले कानून मन्त्रालयले यिनीहरुको निर्वाचन सम्बन्धी कानून बनाउनेतिर ध्यान दिएको बताए ।

Logo