काठमाडौँ, असोज, २
अवकाश प्राप्त सांसदहरूले औषधि उपचार खर्च पाउने व्यवस्थासहित पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक संसद्को राज्य व्यवस्था समितिअन्तर्गत उपसमितिले पारित गरेको छ । "/>

पूर्वविशिष्ट पदाधिकारीलाई सुविधाको नाममा राज्यकोषबाट ब्रम्हलुट !

पूर्वविशिष्ट पदाधिकारीलाई सुविधाको नाममा राज्यकोषबाट ब्रम्हलुट !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, असोज, २
अवकाश प्राप्त सांसदहरूले औषधि उपचार खर्च पाउने व्यवस्थासहित पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक संसद्को राज्य व्यवस्था समितिअन्तर्गत उपसमितिले पारित गरेको छ । उपसमितिमा दलका फरक फरक धारणा भए पनि प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको हो । उपसमितिले पारित गरेको प्रतिवेदन अब पूर्ण समितिमा पेस हुनेछ । पूर्ण समितिले उपसमितिको प्रतिवेदनमा थप छलफल गरी प्रतिवेदन तयार पार्नेछ । समितिको प्रतिवेदन सहितको विधेयक संसद्को बैठकमा पेस हुनेछ ।
उपसमिति सदस्य सन्तकुमार दरैले फरक फरक धारणाबीच उपसमितिले प्रतिवेदन पारित गरेको जानकारी दिए । दरैले पूर्व सांसदहरूलाई अवकाशपछि औषधि उपचार खर्चको व्यवस्था पनि उपसमितिले समेटेको बताए । उपसमितिले पूर्वपदाधिकारीलाई दिने आवास सुविधा तथा सचिवालय सुविधामा भने सरकारी प्रस्ताव नै पारित गरेको छ । उपत्यकामा आफ्नो वा एकाघरको सदस्यको घर नभएका पूर्व विशिष्ट पदाधिकारीले अब घरबहाल सुविधा पाउनेछन् । जसमा पूर्वराष्ट्रपतिले मासिक दुई लाख र अन्यले ७५ हजार घर बहाल रकम पाउनेछन् ।
घर मर्मत खर्चको व्यवस्था पनि गरिएको छ । जसमा उपत्यकामा घर हुने पूर्वराष्ट्रपतिले मर्मत बापत वार्षिक दश लाख र अन्य पदाधिकारीले तीन लाख रुपियाँ घर मर्मत खर्च पाउनेछन् । यस्तै सरकारले पूर्व विशिष्ट मध्ये राष्ट्रपति र उपराष्ट्रपतिलाई मासिक वृत्तिको व्यवस्था पनि गरेको छ । जसमा पूर्वराष्ट्रपतिलाई मासिक ५० हजार र उपराष्ट्रपतिले मासिक ४० हजार रुपियाँ मासिक वृत्ति प्रस्तावित छ । सबै पूर्वपदाधिकारीले सवारीसाधन पाउने छन् भने मासिक रूपमा सवारी मर्मत खर्च बापत २५ हजार रुपियाँ पाउनेछन् । पूर्वराष्ट्रपतिले बहालवाला मन्त्रीसरह र पूर्वपदाधिकारीले बहालवाला राज्यमन्त्री सरह इन्धन सुविधा पाउनेछन् । सवारी सुविधा भने पूर्वविशिष्टको निधनको तीन महिनाभित्र फिर्ता गर्नुपर्ने व्यवस्थामा उपसमितिले सहमति गरेको छ ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo