असोज, २, काठमाडौं
नेपाली कांग्रेसले मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनका लागि असोज १५ भित्र उम्मेदवारको नाम सिफारीस गर्न जिल्लालाई परिपत्र गर्ने भएको छ। "/>

कांग्रेसका उम्मेदवारको नाम असोज १५ भित्र सिफारिस हुने

कांग्रेसका उम्मेदवारको नाम असोज १५ भित्र सिफारिस हुने

केन्द्रबिन्दु
0
Shares

असोज, २, काठमाडौं
नेपाली कांग्रेसले मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनका लागि असोज १५ भित्र उम्मेदवारको नाम सिफारीस गर्न जिल्लालाई परिपत्र गर्ने भएको छ। कांग्रेस कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले प्रदेश र केन्द्रका लागि नाम सिफारीस गर्न जिल्लालाई परित्रप गर्ने निर्णय गरेको हो। कांग्रेस केन्द्रीय सदस्य प्रकाश शरण महतले सोमबार बिहान जिल्लालाई पठाउने परिपत्र तयार भएको जानकारी दिए । ‘असोज १२,१५ गते भित्र उम्मेदवारको नाम केन्द्रलाई सिफारीस गर्ने गरी सबै जिल्लालाई परिपत्र गर्ने छौ,’ महतले भने, ‘त्यसको खाका तयार गरेर पठाउँछौ ।’ कांग्रेसले प्रत्येक क्षेत्रबाट तीन देखि चार जनाको नाम सिफारीस सम्बन्धीत पक्षलाई पत्रचार गर्ने जानकारी दिंदै महतले भने, ‘पहिला उम्मेदवार छनोटका लागि नाम सिफरीस गर्न परिपत्र गरी हाल्न लागिएको हो ।’
नागरिकबाट

Logo