असोज, २, काठमाडौं
प्रदेश नम्बर २ का आठ जिल्लामा आज स्थानीय तहको तेस्रो चरणको निर्वाचन आज हुँदैछ । १३६ स्थानीय तहका एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा निर्वाचन हुनेछ । स्थानीय निर्वाचनमा ६६ सय २७ पदका लागि ६ गुणा बढी ३७ हजार दुई सय ३६ उम्मेदवार प्रतिस्पर्धा गर्दै छन् । जस मध्ये १४ हजार तीन सय ३७ महिला र २२ हजार आठ ६१ पुरुष छन् । आज विहान सात बजे देखि बेलुकी ५ बजे सम्म ती स्थानहरुमा चुनाव हुने निर्वाचन आयोगले जनाएको छ । सबै सुरक्षा व्यवस्था मिलाई सकिएकाले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आयोगको मतदातालाई अनुरोध छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया