काठमाडौं , १, असोज
दसैं नजिकिदै गर्दा बजारमा चहलपहल बढ्न थालेको छ । दसैं सुरु हुन एक साता मात्र बाँकी रहँदा अहिले देखि नै बजारमा सामान किनमेल गर्नेहरुको चहलपहल बढ्न थालेको हो । "/>

राजधानीमा दसैंको चहल-पहल वढ्यो

राजधानीमा दसैंको चहल-पहल वढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , १, असोज
दसैं नजिकिदै गर्दा बजारमा चहलपहल बढ्न थालेको छ । दसैं सुरु हुन एक साता मात्र बाँकी रहँदा अहिले देखि नै बजारमा सामान किनमेल गर्नेहरुको चहलपहल बढ्न थालेको हो । मंगलबार देखि सार्वजनिक यातायातको टिकट खुला भएसँगै बजारमा चहलपहल बढेको हो । दसैंमा घर जानको लागि हरेक दिन बिहानै देखि टिकट काउन्टरमा टिकट काट्नेको भीडभाड छ । प्रत्येक वर्ष एक महिना अघिदेखि अग्रिम टिकट खुला हुने गरेकोमा यस पटक ढिला खुला हुँदा काउन्टरमा टिकट लिने यात्रुको बढी भीडभाड देखिएको छ । सडकपेटी देखि डिपार्टमेन्टल स्टोर सम्म दसैंको चहलपहल बढ्न थालेको छ । दसैंमा सबैले नयाँ सामान किनमेल गर्ने भएकाले पनि बजारमा भीडभाड बढी हुन थालेको छ । विभिन्न व्यापारिक मलले दसैंलाई लक्षित गरी विभिन्न अफर योजना सार्वजनिक गरेका छन् । दसैंमा काठमाडौं बाहिर जानेले केही न केही सामान लिएरै जाने हुँदा पनि बजारमा चहलपहल धेरै भएको हो ।
कारोबारबाट

Skip This
Skip This
Logo