बारा , १ , असोज
निजगढ नगरपालिका वडा नं ४ बाट वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएका एक जना उम्मेदवारको जिल्ला प्रशासन कार्यालय बाराले नागरिकता नै खारेज गरेको छ। "/>

वडाध्यक्षका उम्मेदवारको दोहोरो नागरिकता भेटियो

वडाध्यक्षका उम्मेदवारको दोहोरो नागरिकता भेटियो

केन्द्रबिन्दु
0
Shares

बारा , १ , असोज
निजगढ नगरपालिका वडा नं ४ बाट वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएका एक जना उम्मेदवारको जिल्ला प्रशासन कार्यालय बाराले नागरिकता नै खारेज गरेको छ। जिल्ला प्रशासन कार्यालय बाराले निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका एमाले उम्मेदवार जयराम कुनवरले थर परिवर्तन गरी विभिन्न मितिमा दुई वटा नागरिकता लिएको विषयमा अनुसन्धान गरी नागरिकता खारेज गरेको हो।

कुँवरले २०६३ माघ २१ गते घुम्ती टोली मार्फत निजगढ–४ बाट लिएको ३३३१०११/५९९ नम्बरको नागरिकतामा जयराम कुनवर रहेको छ भने २०६० बैशाख १४ गते लिइएको नागरिकतामा ९६७३ नं नागरिकतामा जयराम कुवँर रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पछिल्लो पटक जयराम कुनवर थरले बनाइएको नागरिकतालाई खारेज गरिएको बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले बताए। प्रजिअले एउटै व्यक्तिको दुईवटा नागरिकता भेटिएपछि पछिल्लो पटक एमाले उम्मेदवार कुनवरको नागरिकता खारेज गरिएको बताए। वडाध्यक्षको मनोनयन पत्र कुनवरले खारेज गरिएको नागरिकताको आधारमा नै दर्ता गराएको हुनाले उनको उम्मेदवारी रहने कि नरहने त्यसको निर्णय निर्वाचन अयोगले गर्ने प्रजिअ मानन्धरले जानकारी दिए।
नागरिकबाट

Skip This
Skip This
Logo