काठमाडौं, असोज, १
निर्वाचन आयोगले आचारसंहिता उल्लंघनको घटनामा मन्त्रीदेखि स्थानीय तहका उम्मेदवार सम्मलाई स्पष्टीकरण सोधेको छ । "/>

सबैभन्दा धेरै आचारसंहिता उल्लंघन तेस्रो चरणको चुनावमा

सबैभन्दा धेरै आचारसंहिता उल्लंघन तेस्रो चरणको चुनावमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, असोज, १
निर्वाचन आयोगले आचारसंहिता उल्लंघनको घटनामा मन्त्रीदेखि स्थानीय तहका उम्मेदवार सम्मलाई स्पष्टीकरण सोधेको छ । स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश २ को निर्वाचनका क्रममा अघिल्ला निर्वाचनमा भन्दा बढी आचारसंहिता उल्लंघनका घटना भएको आयोगले जनाएको हो । आयोगका प्रवक्ता नवराज ढकालले सरकारका मन्त्री, दलका नेता, सरकारी कर्मचारीदेखि स्थानीय तहका उम्मेदवार सम्मलाई आचारसंहिता उल्लंघनका घटनामा स्पष्टीकरण मागेको बताए ।

‘माननीय मन्त्रीज्यू देखि विभिन्न दलका नेता र सरकारी कर्मचारी देखि स्थानीय तहका उम्मेदवार सम्मलाई नै आचारसंहिता उल्लंघनका घटनाबारे आयोगले स्पष्टीकरण मागेको छ,’ प्रवक्ता ढकालले भने । प्रवक्ता ढकालका अनुसार शुक्रबारसम्म आयोगमा आचारसंहिता उल्लंघनका ४ सय ३० भन्दा बढी निवेदन दर्ता भएका छन् । ती निवेदनमा कर्मचारी सरुवा, कार्यक्रम उद्घाटनदेखि आचारसंहिता उल्लंघन सम्म रहेका छन् ।
राजधानीबाट

 

Skip This
Skip This
Logo