सिमिकोट, असोज, १
अदानचुली गाउँपालिका १ का जगत भियाललाई दसैं नजिकिदै गर्दा दसैंमा परिवारलाई कसरी भात खुवाउने भन्ने चिन्ताले भित्रभित्रै निकै पिरोलेको छ। वर्षभरीको पर्वमा परिवारलाई भात खुवाउन श्रीनगर खाद्य डिपोमा पुगेका जगतले डिपोका सबै कोठामा ताला लगाएको देखेपछि साना बच्चाले ‘दसैंमा त भात पाइन्छ है बाबा ’ भनेको शब्द मात्र सम्झिए। चामलका लागि सर्केगार्ड खाद्य डिपोमा गएका सर्केगार्ड गाउँपालिका ५ रोडिकोट निवासी राजेन्द्र कार्की डिपोका कर्मचारीले चामल सकिएको भनेपछि रित्तो हात फर्कदै भात बिनाको दसैं जीवनमै पहिलो पटक मनाउनु पर्ने बाध्यता आइलागेको बताए। हुम्लामा उनीहरु जस्ता धेरैले यो समस्या भोग्नु परेको छ । दशैंको मुखमा हुम्लामा चामल अभाव भएपछि यस्तो भएको हो ।
हरेक वर्ष दसैंमा प्रर्याप्त चामल दिने खाद्य संस्थान सिमिकोट, श्रीनगर र सर्केगार्ड खाद्य डिपोमा सरकारले समयमा चामल ढुवानी नगरेपछि हुम्लीको यो दसैं भात बिनै मनाउनु पर्ने बाध्यता भएको हो। सरकारले ढुवानी अनुदानमा हरेक वर्ष उपलब्ध गराउँदै आएको खाद्यान्न मध्ये यो वर्ष पनि कम चामल ढुवानी भएपछि यस्तो समस्या आएको नेपाल खाद्य संस्थान हुम्लाका प्रमूख नारायण सिंह केसीले जानकारी दिए।
अन्नपूर्णपोष्टबाट































प्रतिक्रिया