मोरङ, ३१, भदौ
उर्लाबारी नगरपालिकाको शुक्रबार साँझ सम्पन्न प्रथम नगरसभाले चालू आव २०७४/७५ का लागि ४८ करोड ११ लाख १३ हजार ५३३ को बजेट पारित गरेको छ । "/>

उर्लाबारी नगरपालिकाको बजेट ४८ करोड

उर्लाबारी नगरपालिकाको बजेट ४८ करोड

केन्द्रबिन्दु
0
Shares

मोरङ, ३१, भदौ
उर्लाबारी नगरपालिकाको शुक्रबार साँझ सम्पन्न प्रथम नगरसभाले चालू आव २०७४/७५ का लागि ४८ करोड ११ लाख १३ हजार ५३३ को बजेट पारित गरेको छ । नगरसभाले यस वर्ष नगरपालिकाका नौ वटै वडामा पूर्वाधार विकासको कार्यक्रमलाई विशेष प्राथमिकताका साथ अघि बढाउने गरी बजेट पारित गरेको नगर प्रमुख खड्ग फागोले जानकारी दिए । नगरसभाले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ ।

नगर प्रमुख फागोले प्रत्येक वडालाई एक एक करोड विनियोजन गरेको जानकारी दिएका छन् । उनका अनुसार विनियोजित बजेटमा ६५ प्रतिशत भौतिक निर्माणमा खर्च गरिनेछ ।
चालू आवको बजेटमा आन्तरिक आम्दानीबाट दुई करोड २५ लाख, राजश्व बाँडफाँटबाट २१ लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट करिब १० करोड १५ लाख, सडक बोर्डबाट १७ लाख, सामाजिक सुरक्षातर्फ नौ करोड ७० लाख, एलजिसिडिपी तर्फ ११ लाख ५६ हजार, नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानतर्फ २२ करोड ७० लाख र गत आव २०७३÷७४ बाट मौज्दात रहेको करिब दुई करोड ७६ लाख आम्दानी हुने छ । नगरसभाले आर्थिक विधेयक, विनियोजन विधेयक, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, नगरपालिकाको बैठक सञ्चालन सम्बन्धी कार्यविधि, कार्यसम्पादन नियमावली, कार्यविभाजन नियमावली, नगर सभा सञ्चालन कार्यविधि, निर्णय तथा अधिकारपत्रको प्रमाणीकरण कार्यविधि र पदाधिकारीको आचारसंहित पारित गरेको छ । नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारीको संयोजकत्वमा निरोज तिम्सिना र शोभितमाया तामाङ सदस्य रहने गरी न्यायिक समिति गठन गरिएको छ । नगरपालिकाको प्रेस संयोजकमा भने नगर प्रमुख फागोले पत्रकार ईश्वर भट्टराईलाई नियुक्त गरेका छन् । रासस

Logo