बर्दिबास, ३१, भदौ
एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई मधेस विरोधी भन्नेलाई मधेसका मतदाताले मधेसबाट बढार्ने बताएका छन् । "/>

कुचो देखाएर तर्साउनेलाई मधेसी जनताले बढार्छन् :ओली

कुचो देखाएर तर्साउनेलाई मधेसी जनताले बढार्छन् :ओली

केन्द्रबिन्दु
0
Shares

बर्दिबास, ३१, भदौ
एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई मधेस विरोधी भन्नेलाई मधेसका मतदाताले मधेसबाट बढार्ने बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार महोत्तरीको बर्दिबास आएका ओलीले यस्तो दाबी गरेका हुन् । ‘एमाले मधेसबाट बढारिन्छ भन्नेलाई असोज २ मा हुने चुनावले मधेसबाट बढार्छ,’ केही दिन अघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई जनकपुरमा विपक्षीले कुच्चो देखाएको स्मरण गर्दै उनले भने, ‘मधेसका जनताले एमालेको पक्षमा मतदान गर्छन्। विपक्षले हामीलाई देखाएको कुच्चो हाम्रो हातमा आउँछ। कसले कसलाई बढार्छ हेर्दै जानुहोस्। चुनावमा मतदाताले गर्ने भोटबाटै हामीलाई मधेस विरोधी बन्नेहरु बढारिन्छन्।’
अन्नपूर्णपोष्टबाट

Logo