पूर्वराज्यमन्त्रीसहित १० जना जुवाखालबाट पक्राउ

पूर्वराज्यमन्त्रीसहित १० जना जुवाखालबाट पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। पूर्वराज्यमन्त्री खोभारी राय यादव जुवाखालबाट पक्राउ परेका छन् । पूर्वमन्त्री यादवलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भुले शनिबार पक्राउ गरेको हो ।

स्वयम्भुस्थित साँइली तामाङको घरबाट जुवा खेलिरहेको अवस्थामा यादवसहित १० जना पक्राउ परेका हुन् ।  पक्राउ पर्नेमा विक्रम लामा, देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, जीतपुर लामा, पर्वत भण्डारी, कान्छा तामाङ र सबिन लामा पनि रहेका छन् । उनीहरुको साथबाट १ लाख ५३ हजार नगद समेत प्रहरीले बरामद गरेको छ ।

यसअघि, मन्त्री नियुक्त भएपछि घरको छतबाट बन्दुक पड्काउँदा यादव विवादमा आएका थिए । शेरबहादुर देउवा, लोकेन्द्र बहादुरा चन्द र डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा यादव राज्यमन्त्री भएका थिए ।

उनी २०६४ सालको संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्वर ५ वाट निर्वाचित भएका थिए।

Logo