पोर्चुगलमा नेपालीद्वारा छुरी हानेर नेपालीकै हत्या

पोर्चुगलमा नेपालीद्वारा छुरी हानेर नेपालीकै हत्या

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, ३० भदौ । पोर्चुगलमा एक नेपालीले छुरी हानेर अर्को नेपालीको हत्या गरेको छ । पोर्चुगलको राजधानी लिस्बनमा पर्वत मल्लाजका ४४ वर्षिय हरि बहादुर जीसीलाई धादिङका अर्जुन सापकोटाले ढाडमा छुरी हानेर हत्या गरेका हुन्।

जापानिज सुशी रेष्टुरेन्टमा कार्यरत जिसी कामबाट फर्किने क्रममा हत्या भएको हो । बाटो ढुकेर बसेका अर्जुनले अन्धाधुन्ध छुरी हान्दा अत्याधिक रक्तश्रावले उनको मृत्यु भएको हो । जिरी र सापकोटा केहि समय अघि सम्म संगै काम गर्थे । सापकोटालाई साहुले कामबाट निकाली दिएपछि त्यसको रिस जिसीमाथि पोखेको बताइएको छ ।

ओम जिसी र हरि बहादुर जीसी दाजुभाई हुन् । सुरुमा ओमको टाउकोमा छुरी प्रहार भएको र भाइलाई बचाउन खोज्दा अन्धाधुन्ध हानेको छुरीले लागेर दाजु हरि बहादुर जीसीको मृत्यु भएको हो । स्थानीयले तत्काल पुलिस र एम्बुलेन्स बोलाएर उपचारका लागि लगिएपनि उनलाई बचाउन नसकेको जनाएको छ । 

दुवै जना ढलेपछि सापकोटा भागेका छन् । स्पेन भागेको हुनसक्ने आशँका गर्दै स्पेनिश प्रहरीसँग पनि समन्वय गरेर खोजी भइरहेको छ।

 

फोटो: सामाजिक संजाल

Skip This
Skip This
Logo