ती अपराधी छाेरा, जसले आफ्नै ८५ वर्षिया आमाकाे बाेक्सी आराेपमा घाँटी थिचि हत्या गरे

ती अपराधी छाेरा, जसले आफ्नै ८५ वर्षिया आमाकाे बाेक्सी आराेपमा घाँटी थिचि हत्या गरे

केन्द्रबिन्दु
0
Shares

सिरहा ।

सिरहाको कर्जन्हा नगरपालिकामा आफ्नै छोराको कुटाईबाट आमाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका ३ स्थित खैराटोलका ४७ वर्षिय राम अवतार साह सोनारले घरायसी विवादमा आफ्नै आमा ८५ वर्षिय सुदामा देवी साहको घाँटी थिचि हत्या गरेका थिए ।

छोराले घाँटी थिचेर घाईते बनाएकी सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराइएको थियो । स्वास्थ्यमा सुधार नभएपछि थप उपचारको लागि जिल्ला अस्पताल सिरहा लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षिक शालिग्राम शर्माले घाँटी थिच्ने सुदामाका छोरा राम अवतारलाई नियन्त्रणमा लिएको जानकारी दिए । घटनाबारे थप अनुन्धान भईरहेको प्रहरीले जनाएको छ ।

स्थानीयले भने आफ्नै छोरीले आमालाई बोक्सीको आरोप लगाउँदै कुटपीट गरी मलमुत्र खुवाउने प्रयास गरेको बताइएका छन् । रामअवतारले बोक्सीलाई मलमुत्र खुवाएपछि गुण समाप्त हुन्छ भन्दै खुवाउने प्रयास गरेको बताइएको छ ।राजधानीबाट

Skip This
Skip This
Logo