वीरगंज,३०, भदौ
स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मिति नजिकिएसँगै बारा र पर्सामा बम आतंक फैलिन थालेको छ । लगातारका बम विष्फोटले स्थानीयवासी त्रसित बनेका छन् । मतदातालाई आतंकित पार्ने गतिविधि भईरहे पनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन् । सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना निर्वाचनको सुरक्षाका लागि खटाएको छ । बारा तथा पर्सामा दिनहुँ जसो यस्तो घटना हुन थालेका छन् । बुधबार राति र बिहिबार गरेर पर्सा, बारा जिल्लाका पाँच स्थानमा बम पड्केको स्थानीयहरु बताउँछन् । मतदाता तर्साउन केही स्थानमा यस्ता घटना घटेको र त्यस्ता व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया