काठमाडौं , ३०, भदौ
२ असोजमा हुने तेस्रो चरण अन्तर्गतको प्रदेश २ कोे स्थानीय तह निर्वाचनका लागि आज (शुक्रबार) मध्यरातबाट मौन अवधि सुरु हुँदैछ । मतदान सुरु हुनु ४८ घण्टा अघिबाट सुरु हुने यस अवधिमा राजनीतिक दलहरूले प्रचारप्रसार लगायतका कुनै पनि गतिविधि गर्न पाउँदैनन् भने सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत यो लागू हुनेछ । निर्वाचन आयोगका अनुसार मौन अवधिको उल्लंघन भए उम्मेदवारको उम्मेदवारी रद्द देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ भने मौन अवधि उल्लंघन गरे/नगरेको आयोग स्वयंले अनुगमन गरी कारबाही गर्न सक्नेछ । मौन अवधि सुरु भएपछि चुनाव प्रचारप्रसार लगायतका राजनीतिक गतिविधि गर्न नपाइने भन्दै आयोगले दलहरूलाई सचेत समेत गराएको छ । मौन अवधि सुरु भएपछि मतदान नसकिए सम्म चुनावी प्रचारप्रसार अन्तर्गत सभा, जुलुस, नाराबाजी लगायतका कुनै पनि गतिविधि गर्न नपाइने आयोगले बताएको छ ।
राजधानीबाट





























प्रतिक्रिया