२९, भदौ, काठमाडौं
राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरी ९ जना व्यवसायी तथा फर्मले ९ करोड रुपैयाँ भन्दा बढी कर छली गरेको अभियोग सहित मुद्दा दायर गरेको छ । विभागले गरेको अनुसन्धानमा आरोपितहरूले नक्कली भ्याट बिल प्रयोग गरी कर छली गरेको भेटिएपछि पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । विभागले आरोपितहरूले झुटा खरिद विवरण सहितको मूल्य अभिवृद्धि कर विवरण पेश गरी यसबाट मूल्य अभिवृद्धि कर क्रेडिट दाबी गरी विभिन्न फर्महरूलाई नक्कली भ्याट विक्री बिजक जारी गरी राजस्व छली गरेको पाइएको बताएको छ ।
उनीहरू विरुद्ध विभागले ९ करोड ९१ लाख ४६ हजार रूपैयाँ बिगो सहित त्यसको दोब्बर १९ करोड ८३ लाख ७२ हजार रूपैयाँ जरिवाना दाबी गर्दै मुद्दा चलाएको हो । दुई दिनअघि दायर मुद्दामा उल्लेख भए अनुसार भ्याट छलीमा संलग्नलाई जरिवाना सहित ३ ,३ वर्षको कैद सजायँ समेत माग दाबी गरिएको छ ।
कारोबारबाट































प्रतिक्रिया