२९, भदौ, काठमाडौं
राजधानीका सडकहरु कुनै पनि बाँकी छैनन्, जहाँ नखनिएको होस् । मेलम्ची खानेपानीका पाइप विछ्याउन खनिएका सडकहरु पुर्न नपाउँदै विद्युत प्राधिकरणले भत्काउन शुरु गरेको छ । ढलको पाइप, खानेपानीको पाइप, टेलिकमको फाइबर बिच्छ्याउने नाममा पक्की सडक खन्ने क्रमले अझै केही बर्ष निरन्तरता पाउने भएको छ । ढलको पाइप बिच्छ्याउन खनेको पक्की सडक पिच गरेर सुक्न नपाउँदै खानेपानीको पाइप बिच्छ्याउन त्यही पिच खन्ने परम्पराको लामो शृंखला अझै रोकिएको छैन । अब नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार जमिनमुनि बिच्छ्याउनका लागि राजधानीमा बाँकी रहेका पक्की सडक खन्ने योजना बढाएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया