२९, भदौ, जनकपुरधाम
स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकिंदै जाँदा राजनीतिक दलको प्रचार प्रसार पनि तीब्र भएको छ । "/>

चुनाव प्रचारमा बालबालिकाको प्रयोग वढ्यो

चुनाव प्रचारमा बालबालिकाको प्रयोग वढ्यो

केन्द्रबिन्दु
0
Shares

२९, भदौ, जनकपुरधाम
स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकिंदै जाँदा राजनीतिक दलको प्रचार प्रसार पनि तीब्र भएको छ । निर्वाचन आचारसंहितालाई मिच्दै दलहरु आफ्नो पक्षमा मतपरिणाम ल्याउन प्रचारका सबै प्रयास गरिरहेका छन् । राजनीतिक दलले प्रचारका लागि बालबालिकाको पनि व्यापक रुपमा प्रयोग गरिरहेका छन् । निर्वाचन आचारसंहितामा बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख भएपनि जनकपुर उपमहानगरपालिका सहित धनुषा जिल्लामा दलहरुको झण्डा टाँग्न, पोस्टर, पम्पलेट भित्तामा टाँस्न, जुलुशमा झण्डा बोकेर प्रचार गर्न बढी भन्दा बढी बालबालिकाको प्रयोग गरिरहेका छन् । यसरी दलहरुको पोष्टर टाँस्न दिनभरी व्यस्त रहने बालबालिकाहरुको पठनपाठन समेत प्रभावित भएको छ । यस्तो नगर्न निर्वाचन आयोगले दलहरुलाई अनुरोध गरेपनि आचार संहिता विपरितका काम रोकिएको छैन ।

अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo