२९, भदौ, काठमाडौं
आचार संहिता उल्लंघन एकपछि अर्को गरि वढीरहेका बेला निर्वाचन आयोगलाई स्पष्टिकरण सोध्न भ्याइ नभ्याई भएको छ । "/>

निर्वाचन आयोगलाई दलहरुसँग स्पष्टीकरण माग्न भ्याई नभ्याई

निर्वाचन आयोगलाई दलहरुसँग स्पष्टीकरण माग्न भ्याई नभ्याई

केन्द्रबिन्दु
0
Shares

२९, भदौ, काठमाडौं
आचार संहिता उल्लंघन एकपछि अर्को गरि वढीरहेका बेला निर्वाचन आयोगलाई स्पष्टिकरण सोध्न भ्याइ नभ्याई भएको छ ।  यसैविच आसन्न स्थानीय तह निर्वाचनको सरगर्मी बढीरहेका बेला विभिन्न राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता विपरितका कार्यहरु गरिरहेका छन् । खासगरी सत्तारुढ दलका नेताहरुले नै निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टिकरण मागेको छ । आयोगका प्रवक्ता नवराज ढकालले एक विज्ञप्ती जारी गर्दै सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले आचारसंहिता विपरित निर्वाचन प्रचारप्रसार गरेको जानकारी गराएका छन् ।

निर्वाचन आयोगले प्रदेश दुईमा हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारका क्रममा निर्वाचन आचारसंहिता उल्लघंनका घटनाहरु देखिएकाले राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको हो । दलहरुलाई त्यस्ता कार्य तत्काल रोकी निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न /गराउन निर्वाचन आयोगले प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।
नयाँपत्रिकाबाट

Logo