२८, भदौ, काठमाडौं
तराईमा आएको बाढीको नाममा ठूला व्यापारीले चामलको थोक मूल्यमा चर्को वृद्धि गरेका छन्। "/>

चामलको मुल्य बोरामै १२५ रुपयाँले वृद्धि

चामलको मुल्य बोरामै १२५ रुपयाँले वृद्धि

केन्द्रबिन्दु
0
Shares

२८, भदौ, काठमाडौं
तराईमा आएको बाढीको नाममा ठूला व्यापारीले चामलको थोक मूल्यमा चर्को वृद्धि गरेका छन्। व्यापारीले बाढीका कारण मागअनुसार आपूर्ति नभएको दाबी गर्दै आफूखुसी चामलको मूल्य वृद्धि गरेका हुन्।

थोक मूल्यमा भएको वृद्धिसँगै चामलको उपभोक्ता मूल्य पनि बढेको छ। बाढीको नाममा तरकारी बिक्रेताले आफूखुसी तरकारीको मूल्यवृद्धि गरिरहेको अवस्थामा खाद्यान्न सम्बन्धी थोक बिक्रेताले पनि प्रतिबोरा चामलमा एकैपटक एक सय २५ रुपैयाँसम्म वृद्धि गरेका छन्।

थोक व्यवसायीले सोना मन्सुली, जिरा मसिनो र बास्मति चामलको प्रतिबोरामा ८५ रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेका हुन्। खुद्रा व्यापार संघले थोक बिक्रेताले बाढीको नाममा १० दिन अघिदेखि चामलको मूल्यवृद्धि गरेर बजारमा पठाउन थालेको जानकारी गराएको छ।
अन्नपूर्णपोष्टबाट

Logo