२८, भदौ, काठमाडौं
महानगरीय ट्राफिक महाशाखाले ‘सुरक्षित माइक्रोबस यात्रा’ अभियान सुरु गरेको छ । काठमाडौँ उपत्यकामा धेरै मानिसहरु माइक्रोले ठक्कर दिएर दुर्घटना भएको भन्दै यसलाई कम गर्न ‘सुरक्षित माइक्रोबस यात्रा’ यात्रा सुरुवात गरिएको हो । "/>

उपत्यकामा ‘सुरक्षित माइक्रोबस यात्रा’ अभियान सुरु

उपत्यकामा ‘सुरक्षित माइक्रोबस यात्रा’ अभियान सुरु

केन्द्रबिन्दु
0
Shares

२८, भदौ, काठमाडौं
महानगरीय ट्राफिक महाशाखाले ‘सुरक्षित माइक्रोबस यात्रा’ अभियान सुरु गरेको छ । काठमाडौँ उपत्यकामा धेरै मानिसहरु माइक्रोले ठक्कर दिएर दुर्घटना भएको भन्दै यसलाई कम गर्न ‘सुरक्षित माइक्रोबस यात्रा’ यात्रा सुरुवात गरिएको हो । महाशाखाले न्यूरोड गेटमा यात्रु लिन पर्खेका माइक्रोबसका चालकलाई जनचेतनामूलक शिक्षा प्रदान गर्नुका साथै शिक्षा लिइसकेका माइक्रोबसमा स्टिकर टाँसेर छाडिदिएको थियो ।

भदौ १४ गतेदेखि ‘सुरक्षित मोटरसाइकल यात्रा’ अभियान सुरु गरेको महाशाखाले हिजोबाट उक्त अभियान सुरु गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुलाई आफ्नो सवारी साधनमा राखेर लैजानका लागि एक अर्को चालक बीच प्रतिस्पर्धा हुने र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने भन्दै उक्त दुर्घटनालाई कम गर्नका लागि महाशाखाले यो अभियान सञ्चालन गरेको जानकारी दिए ।  सुरुमा न्यूरोडबाट सुरु गरिएको उक्त अभियानलाई काठमाडौँ उपत्यकाभरी सञ्चालन गरिने महाशाखाले जनाएको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी चालकलाई ट्राफिक जनचेतनामूलक शिक्षा दिएर चालक तथा सहचालकको बोली वचनमा परिवर्तनमा आउने बताए । उनले यो कामको सुरुवात गरेर महाशाखाले राम्रो काम गरेपनि पूर्वाधारका लागि सरकार गम्भीर हुनुपर्ने स्पष्ट पारे । प्रशिक्षण दिइएका माइक्रोबसमा स्टीकर टाँसेपछि पुनः प्रशिक्षण दिनु नपर्ने भएकाले स्टिकर टाँस्ने व्यवस्था गरिएको महाशाखाले जनाएको छ । यो अभियानलाई प्रत्येक दिन सञ्चालन गर्ने महाशाखाले जनाएको छ । रासस

Skip This
Skip This
Logo