२८, भदौ, काठमाडौं

अक्सिजन लिन सुरु गरेपछि कपनका रिदम सिटौला बर्रर रुन थाले । रुवाइ नथामिएपछि आमा मन्दिरा आत्तिदै उनलाई सम्हाल्न तल्लीन थिइन् । "/>

अत्याधिक धुलोधुँवाले थलिँदै राजधानीका बालबालिका

अत्याधिक धुलोधुँवाले थलिँदै राजधानीका बालबालिका

केन्द्रबिन्दु
0
Shares

२८, भदौ, काठमाडौं

अक्सिजन लिन सुरु गरेपछि कपनका रिदम सिटौला बर्रर रुन थाले । रुवाइ नथामिएपछि आमा मन्दिरा आत्तिदै उनलाई सम्हाल्न तल्लीन थिइन् । उपत्यकाको धुवाँधुलोका कारण दुई वर्षमै रिदमको छाती खराब भएको छ । खानापान, सुताइ र बसाइमा ध्यान दिइरहे पनि छोरा पटक पटक बिरामी पर्दा मन्दिरालाई पर्नु चोट परेको छ । चार दिनअघि बल्झिएको छाती घ्यारघ्यार गर्ने, स्याँस्याँ हुने र लगातार खोकी लाग्ने समस्या निको नभएपछि मन्दिराले मंगलबार बिहान उनलाई कान्ति बाल अस्पतालको ओपीडीमा पुर्‍याएकी थिइन् । चिकित्सकले जाँचे लगत्तै रिदमलाई अक्सिजन दिन थालिएको थियोे । रिदमपछि अक्सिजन लिन १९ जना बच्चा लामबद्ध थिए । रुँदा, चिच्चाउँदा र झिँझो मान्दा शिशु सम्हाल्न आमाहरू सकसमा देखिन्थे ।

‘बिरामीको संख्या ह्वात्तै बढ्यो । जाँच गर्न हामीलाई हम्मेहम्मे परेको छ, भीडबाट फुत्किएपछि डा.गणेश कुमार राईले भने, ‘यसको मुख्य कारण धुवाँधुलो नै हो । यसले बच्चामा भयानक रोग देखिन थालेको छ । विश्वकै प्रदूषित मध्येको सहर मानिने काठमाडौंमा धुवाँधुलोले कलिला बच्चालाई रोग बोकाउन थालेको छ।
अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo