बनेपा, २८, भदौ
काभ्रेको बनेपाबाट प्रहरीले दुई किलो चरेश सहित तीन जनालाई पक्राउ गरेको छ । बनेपा नगरपालिका–१४ काँक्रेबारी जाने सडकमा नियमित जाँचका क्रममा चितवनका ५३ वर्षीय दीपक लामा र पाँचखाल नगरपालिका–१० का ४४ वर्षीय कान्छा सार्कीलाई बनेपाबाट र लागुऔषध कारोबार गर्ने सोलुखुम्बु घर भई कामपा–१ सीतापाइलामा डेरा गरी बस्ने ३१ वर्षीय ज्ञानबहादुर बस्नेतलाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। पक्राउ परेका मध्ये प्रहरीले बनेपाबाट लामा र सार्कीलाई पक्राउ गरेको केही बेरमा नै बस्नेतलाई पक्राउ गरेको हो । उनीहरुलाई लागुऔषध कारोवार ऐन अन्र्तगत मुद्दा चलाइने छ । रासस





























प्रतिक्रिया