केन्द्रबिन्दु डेस्क, २७ भदौ ।
ब्राजिल र त्यसको प्रमुख सहर रियो दि जेनेरियो, जसले विश्व फुटबलको गरिमामय इतिहास बोकेको छ । तर, यही ठाउँको कुरुप रूप पनि छ । बाहिरी दुनियाँमा फुटबलले ख्याति कमाएको रियो दि जेनेरियो आफ्नो पर्यटकीय आकर्षणले गर्दा पनि उत्तिकै चर्चित छ ।
यद्यपि यस सहरका केही स्थान यस्ता छन्, जसको भित्री पाटो निकै उदेकलाग्दो छ । यहाँ गरिबी र अपराधको बोलबाला छ । ब्राजिलको सुकुम्बासी क्षेत्रमा लागुऔषधको कारोबार मात्र हँुदैन, ग्याङ फाइट हुन्छ । लुटपाट हुन्छ । वेश्यावृत्ति हुन्छ । यो उनीहरूको जीवनकै एउटा हिस्सा जस्तो भएको छ ।
अचम्मलाग्दो त के भने यो क्षेत्रमा बसोबास गर्ने अधिकांश लागुऔषधको कुलतमा फसेका छन् । उनीहरू सामान्य जीवन जिउन नै चाहँदैनन् । त्यसो त उनीहरूलाई सामान्य जीवनमा फर्काउनका लागि कति गैरसरकारी संस्था पनि क्रियाशील रहे तर उनीहरू सफल भएनन् ।
एक रिपोर्ट अनुसार त्यहाँका मानिसहरू नशाको लतमै जीवन बर्बाद गरिरहेका छन् । लागुऔषधकै कारण साना बच्चासमेत वेश्यावृत्तिमा लाग्ने गरेको पाइन्छ । कति परिवारले त लागुऔषध र घरखर्चका लागि आफ्ना बच्चालाई वेश्यावृत्तिमा लगाउने गरेका छन् । (एजेन्सीको सहयोगमा)





























प्रतिक्रिया