भदौ, २७ ,गुल्मी
जिल्लाका विभिन्न विद्यालयमा पढ्ने विद्यार्थीका लागि निःशुल्क सोलार वितरण भएको छ। ‘शिक्षाका लागि उज्यालो कार्यक्रम’ अन्तर्गत गुल्मी क्षेत्र नम्बर ३ का ३४ विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको हो। "/>

गुल्मीका २ हजार ८ सय विद्यार्थीलाई निःशुल्क सोलार

गुल्मीका २ हजार ८ सय विद्यार्थीलाई निःशुल्क सोलार

केन्द्रबिन्दु
0
Shares

भदौ, २७ ,गुल्मी
जिल्लाका विभिन्न विद्यालयमा पढ्ने विद्यार्थीका लागि निःशुल्क सोलार वितरण भएको छ। ‘शिक्षाका लागि उज्यालो कार्यक्रम’ अन्तर्गत गुल्मी क्षेत्र नम्बर ३ का ३४ विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको हो। माध्यमिक विद्यालयमा पढ्ने २ हजार ८ सय ४३ जना विद्यार्थीका लागि निःशुल्क सोलार वितरण गरिएको हो। गाउँमा विद्युत् नपुगेका स्थानमा विद्यार्थीलाई पठनपाठनमा सहजता ल्याउनमा मद्दत पुग्ने उद्देश्य रहेको छ।

निःशुल्क सोलार पाउने विद्यालयमा बाझकटेरी माध्यमिक विद्यालय बाझकटेरीमा १ सय १० सेट, अग्लुङ माध्यमिक विद्यालय अग्लुङमा ६४ सेट, रघुफेदी माध्यमिक विद्यायल अग्लुङमा ४१ सेट, अर्जै माध्यमिक विद्यालयमा ९८ सेट सोलार विद्यार्थीले पाउनेछन्।
नेपाल समाचारपत्रबाट

Logo