भदौ, २७ ,काठमाडौं
आज मंगलबारदेखि दसैंका लागि अग्रिम टिकट खुल्ने भएको छ । यातायातमन्त्री वीरबहादुर बलायरसँग बसेको यातायात व्यवसायीहरूको बैंकठले आज देखि दसैंका लागि अग्रिम टिकट खोल्ने सहमति यस अघि नै गरेको थियो ।
मन्त्री बलायरले व्यवसायीका मागप्रति सरकार गम्भीर भएको र ती मागहरूलाई दसैंपछि अघि बढाउने विश्वास दिलाएपछि व्यसायीहरू टिकट खोल्न सहमत भएका थिए । अब व्यवसायीहरूले बसमा छत हाल्न तथा बसभित्र सिट बाहेक पनि यात्रु हाल्न पाउनेगरी सहमति भएको छ । सो सहमति पछि मात्र व्यवसायीहरूले टिकटको अग्रिम बुकिङ खोल्ने भएका हुन् । यसअघि सरकार र यातायात व्यवसायीहरूबीच २२ भदौमा टिकट खोल्ने सहमति भए पनि व्यवसायीहरूले विभिन्न माग राखी टिकट खोल्न अस्वीकार गर्दा टिकट बुकिङ अन्योल बनेको थियो । आज देखि राजधानीको नयाँ बसपार्क, बालाजु, गौशाला, कोटेश्वर, कलंकी लगायतका स्थानबाट टिकट खुल्ने यातायात विभागले जनाएको छ । यस वर्ष पनि गत वर्षकै स्थानबाट अग्रिम टिकट खुल्न लागेको हो । व्यवसायीहरूले भाडा बढाउन दबाब दिए पनि अहिलेका लागि पुरानै भाडादरमा टिकट खुल्ने गरी सहमति भएको बताइएको छ ।





























प्रतिक्रिया