काठमाडौं, भदौ, २५
नेपाली वेरोजगार युवाहरुले रोजगारीको लागि भरपर्दो माध्यमको रुपमा लिने गरेको दक्षिण कोरियामा जाने कृषि मजदुरहरुको अवस्था निकै दयनिय भएको पाइएको छ । “कृषि भिषामा यहाँ काम गर्न अति गाह्रो छ । विहान उठेदेखि बेलुकी नसुतुन्जेल गोरुले जोतिएझै जोतिनुपर्छ, न खाना न त बस्नकै राम्रो ब्यवस्था, त्यसै माथि साहुको व्यवहारले दिक्क बनाउँछ,” अनुहार मलिन बनाउँदै काभ्रेका विनोद ढकालले भने, “नआउनु आइहालियो अब केही वर्ष दुःख गर्छु, नेपाल फर्कन्छु र तरकारी व्यवसाय नै गर्छु ।”
फिनेल हाउसमा गाह्रो भएर काम परिवर्तन गर्न साहुसँग अनुमतिपत्र माग्दा नपाएपछि झापाका किरण शर्माले साहुलाई एक महिनाको कमाइ बुझाए । अनि मात्र काम सर्ने अनुमति पत्र पाए । अहिले उनी कुखुरा फार्ममा कार्यरत छन् । विहान उठे देखि बेलुकी नसुते सम्म हजारौं कुखुराको रेखदेख गर्नु, दानापानी दिनु र अण्डा उठाउनु उनको दैनिकी हो । “नेपालमा जे सोचियो, त्यसको ठिक विपरित भोगियो, कृषि भिसावालालाई कोरियाले ठगेको छ,” उनले गुनासो गरे ।
यी त प्रतिनिधी पात्र मात्र भए । त्यहाँ पुगेका सबैजसो कृषि मजदुरहरुको अवस्था उस्तै नै छ ।
कारोबारबाट































प्रतिक्रिया