काठमाडौं, भदौ, २५
भूकम्पपीडितहरुका लागि सरकारले सहुलियत कर्जाको घोषणा गरेको दुई वर्षभन्दा बढी हुँदा पनि प्रभावितले यस्तो कर्जा लिन सकेका छैनन् । "/>

भूकम्पपीडितलाई सहुलियत ऋण कागजमै मात्र

भूकम्पपीडितलाई सहुलियत ऋण कागजमै मात्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, भदौ, २५
भूकम्पपीडितहरुका लागि सरकारले सहुलियत कर्जाको घोषणा गरेको दुई वर्षभन्दा बढी हुँदा पनि प्रभावितले यस्तो कर्जा लिन सकेका छैनन् । पुनर्निर्माण प्राधिकरणका अनुशार बैंकको प्रक्रिया झन्झटिलो र पीडितमैत्री नभएका कारण उनीहरुले कर्जा लिन नपाएका हुन् । तर बैंकर्सहरू भने पीडितहरु कर्जा माग्नै नआएको दाबी गर्छन् । सरकारले १५ जेठ ०७२ मा सार्वजनिक गरेको आर्थिक वर्ष ०७२/७३ को बजेटमा सहुलियत कर्जाको घोषणा गरेको थियो ।

दुई प्रतिशत ब्याजमा दिने भनिएको सहुलियत कर्जा अहिले सम्म तीन सय भूकम्प प्रभावितले मात्रै लिएका छन् । ०७४ असार मसान्त सम्म ८५ करोड ८० लाख रुपैयाँ यो शिर्षकमा कर्जा प्रवाह भएको बताइएको छ । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्द पोखरेलले बैंकिङ प्रक्रिया झन्झटिलो भएकाले भूकम्प प्रभावितले कर्जा लिन नसकेको बताए । प्राधिकरणका अनुशार अहिलेसम्म ६ लाख ३१ हजार एक सय ५० प्रभावितसँग अनुदान सम्झौता भएको छ । जस मध्ये ६ लाख तीन हजारले पहिलो किस्ताको ५० हजार बुझेका छन् । जग हालेर दोस्रो किस्ता बुझ्नेको संख्या ५५ हजार सात सय छ । एक लाख १५ हजार पुनर्निर्माण भएको र निर्माण सम्पन्न ४६ हजार पाँच सयलाई जोड्दा पहिलो किस्ता लिएका चार लाख ४१ हजारले अहिलेसम्म घर निर्माणको काम थालेका छैनन् ।

अन्नपूर्णपोष्टबाट

 

Logo