काठमाडौं , भदौ, २५
विगत एक साता देखि काठमाडौं उपत्यकामा थुप्रिएर रहेको फोहोर आजबाट उठ्ने भएको छ । ओखरपौवाका बासिन्दाले अवरोध गरेका कारण गत सातादेखि उपत्यकाको फोहोर उठ्न सकेको थिएन । शनिबार काठमाडौं महानगरपालिका र स्थानीय बासिन्दाबीच नयाँ समझदारी भएपछि फोहोर उठ्ने भएको महानगरपालिकाले जनाएको छ । नुवाकोटको ओखरपौवाका बासिन्दाले प्रभावित क्षेत्रका आवासलाई दिँदै आएको मुआब्जाको दूरी सीमा घटाएको विरोधमा उनीहरुले फोहोर फाल्न अवरोध गरेका थिए । आज देखि सहमतीमा फोहोर उठाउने निर्णय भएको छ ।
नेपाल समाचारपत्रबाट ।





























प्रतिक्रिया