काठमाडौं , भदौ, २५
अटेर गरेर स्थानीय तहमा खटाइए पनि हाजिर हुन नजाने कर्मचारीको तलब, सुविधा अब रोकिने भएको छ । सामान्य प्रशासन मन्त्रालयले प्रमुख जिल्ला अधिकारी मार्फत अटेर गर्ने कर्मचारीको विवरण मागिसकेको छ । केही विवरण प्राप्त भएको र उनीहरुको तलब सुविधा रोक्ने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
प्राप्त विवरण अनुसार हाल सम्म ८ हजार ८ सय ७८ कर्मचारी स्थानीय तहमा खटिएका छन् । ती मध्ये कति सम्बन्धित कार्यालयमा हाजिर हुन नगएका हुन् र कति संख्यामा अपुग भएको हो भन्ने यकिन विवरण आइसकेको छैन । एक साताभित्र पूर्ण विवरण आइसक्ने मन्त्रालयले जनाएको छ । उक्त विवरण लिएपछि गैरहाजिर हुने कर्मचारीको सेवा, सुविधा महालेखा परिक्षकको कार्यालय मार्फत रोक्ने तयारीमा मन्त्रालय लागेको छ ।
कान्तिपुरबाट































प्रतिक्रिया