काठमाडौं , भदौ, २५
मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनेलाई कारबाही गर्ने नेपाल प्रहरीको अभियानले ६ वर्ष पार गरेको छ । ६ वर्षको अवधिमा अभियानले सफलता पाएको ट्राफिक प्रहरीको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन नियन्त्रण अभियानमा कडाइ गरेपछि मादक पदार्थको सेवन गरेर सवारी चलाउनेको संख्या घटेको हो ।
गएको एक वर्षमा मापसे गरेका २८ हजार ५ सय ६ जना कारबाहीमा परेको तथ्यांक प्रहरीसँग छ । गत आर्थिक वर्षको असार मसान्त सम्ममा करिब २४ हजारको हाराहारीमा कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पछिल्लो पाँच वर्षमा मादक पदार्थ सेवन गर्ने उपत्यकामा मात्र १ लाख ७० हजार ६ सय १३ जना कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी सर्वेन्द्र खनालले बताए । ‘सवारी दुर्घटना न्यूनीकरणको उद्देश्यले ट्राफिक प्रहरीले वेलावेलामा गर्ने गरेको छड्के चेकजाँचको नतिजा हो यो,’ डिआइजी खनालले भने, ‘तर, यो संख्या पूर्ण नभई चेकजाँचको क्रममा फेला परेको संख्या मात्रै हो ।’
०६९/७० मा ३७ हजार ५ सय ६ जना, ०७०/ ७१ मा ५० हजार ६ सय ५३ जना, ०७१ /७२ मा ३६ हजार २ सय ६९ जना, ०७२/ ७३ मा २८ हजार ५ सय १ जना र ०७३/ ७४ को असार सम्म करिब २० हजार जना मादक पदार्थ सेवन गरी कारबाहीमा परेका छन् । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरबाट ६ वर्षको अवधिमा लगभग २३ लाख ६० हजार जना कारबाहीमा परेको डिआइजी खनालले बताए । उनीहरुबाट २३ करोड रुपैयाँभन्दा बढी जरिवाना असुली गरेको महाशाखाले जनाएको छ ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया