काठमाडौं, २३, भदौ
जिल्ला तहमा रहेका सरकारी अस्पतालहरुमा औषधिको अभाव देखिएको छ। सरकारले औषधि खरिदका लागि वर्षेनि लाखौं रुपियाँ बजेट छुटइउँदा पनि पर्याप्त मात्रामा जिल्ला तहका अस्पतालमा औषधि पुग्ने गरेको छैन।
अधिकांश जिल्लाका स्वास्थ्य संस्थामा सामान्य बिरामीका लागि आवश्यक पर्ने औषधिको हाहाकार भएको छ। सरकारले प्रत्येक स्वास्थ्य संस्थामा ७० प्रकारका औषधि निःशुल्क वितरण गर्न निर्देशन दिए पनि पर्याप्त औषधि नभएको जिल्ला तहका अस्पतालले बताउँदै आएका छन् । तेह्रथुम, नुवाकोट लगायतका अधिकांश जिल्लामा सामान्य औषधि नपाइँदा बिरामीहरू निकै मारमा पर्ने गरेका छन्। यद्यपि जिल्ला तहका अस्पताल तथा स्वास्थ्य संस्थामा पर्याप्त औषधि नहुँदा समेत जिम्मेवार निकाय कानमा तेल हालेर बस्ने गरेको पाइएको छ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया