महेन्द्रनगर, २३, भदौ
कञ्चनपुरको भुजेलामा बिहीबार राति गोली चलेको छ। गोली लागेर भारतको बनवासा स्थित शारदा ब्यारेज अन्तर्गत पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह घाइते भएका छन् । "/>

कञ्‍चनपुरमा नेपालीको गोलीले दुई भारतीय नागरिक घाइते

कञ्‍चनपुरमा नेपालीको गोलीले दुई भारतीय नागरिक घाइते

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर, २३, भदौ
कञ्चनपुरको भुजेलामा बिहीबार राति गोली चलेको छ। गोली लागेर भारतको बनवासा स्थित शारदा ब्यारेज अन्तर्गत पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह घाइते भएका छन् । चौहानको पाखुरामा र सिंहको पिठ्यूमा गोली लागेको छ। घाइते दुवैजनालाई राति नै उपचारका लागि भारत पठाइएको छ।

करिब राति १० बजेको समयमा भीमदत्त नगरपालिका ११ भुजेला पुल नजिकै गोली चलेको थियो । महेन्द्रनगरबाट क्यासिनो खेलेर घरतर्फ गइरहेका ती भारतीय नागरिकलाई नेपाली पक्षबाट गोली प्रहार भएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकलबाट घरतर्फ जादैँ गरेका दुवैजनालाई पिछा गर्दै आइरहेको मोटरसाइकलमा सवार दुई जनाको समूहले गोली प्रहार गरेको बताइएको छ।
अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo