केन्द्रबिन्दु डेस्क । काठमाडौं, २२ भदौ ।
भारतकी बहुचर्चित पत्रकार गौरी लंकेशको हत्याप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गर्दै शोक विज्ञप्ति जारी गरेको छ ।
कन्नड भाषी पत्रकार गौरी लंकेशलाई गत साता बुधबार बेंगलुरुमा गोली हानी हत्या गरिएको थियो ।
महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वरिष्ठ भारतीय पत्रकार गौरी लंकेशको हत्याप्रति नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । भारतीय पत्रकारिता जगतमा सधै चर्चामा रहेकी पत्रकार लंकेशको हत्याले नेपाली पत्रकारिता जगत स्तब्ध र दुःखी बनेको छ ।
‘विश्वको ठूलो लोकतान्त्रिक मुलुक भारतमा भएको पत्रकार हत्याको घटनाले विश्वमा पत्रकार अझै असुरक्षित रहेको छन् भन्ने देखाउँछ । महासंघ कायरतापूर्ण घटनाको घोर भत्सर्ना गर्दै दोषी उपर कडा कानुनी कारबाहीको माग गर्दछ ।
‘महासंघ पत्रकार लंकेशप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति समवेदन प्रकट गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दछ ।’





























प्रतिक्रिया