सल्यान , २२ , भदौ
जिल्लामा जंगली बँदेलले मकैबाली नष्ट गरेपछि किसानहरू चिन्तित बनेका छन्। जिल्लाको ग्रामीण क्षेत्रमा स्थानीय कृषकले लगाएको मकै बालीमा बँदेलले ९० प्रतिशत सम्म क्षति पुर्याएको पाइएको छ। "/>

बँदेलले सक्यायो मकै बारी

बँदेलले सक्यायो मकै बारी

केन्द्रबिन्दु
0
Shares

सल्यान , २२ , भदौ
जिल्लामा जंगली बँदेलले मकैबाली नष्ट गरेपछि किसानहरू चिन्तित बनेका छन्। जिल्लाको ग्रामीण क्षेत्रमा स्थानीय कृषकले लगाएको मकै बालीमा बँदेलले ९० प्रतिशत सम्म क्षति पुर्याएको पाइएको छ। जिल्लाको कपूरकोट गाउँपालिका लगायत अन्य विभिन्न गाउँमा लगाइएको अन्नबाली खाएर जंगली बँदेलले क्षति गर्न थालेको छ। ग्रामीण क्षेत्रका जनताको मुख्य पेसा र जीविकोपार्जनको आधार बनेको मकैखेती नै बँदेल तथा बाँदरले काम नलाग्ने गरी नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन्।

कपूरकोट–३ खुङका किसान ज्योतिप्रकाश ओलीले आफ्नो बारीको सबै मकैबाली बँदेलले रातिको समयमा आएर नष्ट गरेको भन्दै चिन्ता व्यक्त गरे। उनले भने– ‘मेरो १४ रोपनी बारीमा पाकेर भित्त्याउने बेलाको सबै मकै बँदेलले खाएर सखाप पारिदियो, अब के खाएर बाँच्ने हो, चिन्ता बढेको छ।’ दिनभर जंगलमा गएर बस्ने र राति भएपछि हुलका हुल बँदेल मकैबारीमा पसेर मकै सोत्तर पार्ने गरेको उनले बताए।
नेपाल समाचारपत्रबाट

Logo