काठमाडौं , २२ , भदौ
तेस्रो चरणको स्थानीय निर्वाचनका कारण पूर्वनिर्धारित बजेट भन्दा अढाई अर्ब रुपैयाँ खर्च बढ्ने भएको छ । "/>

तेस्रोचरणको निर्वाचनमा अढाई अर्ब खर्च हुने

तेस्रोचरणको निर्वाचनमा अढाई अर्ब खर्च हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , २२ , भदौ
तेस्रो चरणको स्थानीय निर्वाचनका कारण पूर्वनिर्धारित बजेट भन्दा अढाई अर्ब रुपैयाँ खर्च बढ्ने भएको छ । निर्वाचन आयोग र सुरक्षा निकायले तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि छुट्टाछुट्टै रकम मागेपछि अर्थ मन्त्रालयले थप रकम उपलब्ध गराउने भएको हो ।

माग गरिएको रकम मध्ये अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई डेढ अर्ब रुपैयाँ निकासा गरिसकेको छ भने गृह मन्त्रालयलाई पनि माग बमोजिम नै बजेट उपलब्ध गराउने अर्थको तयारी छ । अर्थका अनुसार गृहले सुरक्षाका अतिरिक्त अन्य खर्च सहित १ अर्ब रुपैयाँ मागेको छ । तेस्रो चरण अन्तर्गत असोज २ मा प्रदेश नं. २ का ८ जिल्लामा स्थानीय तहको निर्वाचन हुँदैछ । पहिलो र दोस्रो चरणमा ६ प्रदेशमा स्थानीय तहको चुनाव सम्पन्न भइसकेको छ । अर्थ मन्त्रालयका सचिव डा. शान्तराज सुवेदीले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले माग गरेको रकम पठाइ सकिएको जानकारी दिए । निर्वाचनका लागि “आवश्यक रकम अभाव हुन दिँदैनौं,” उनले भने, “के कति आवश्यक छ त्यो निर्णय गरेर पठाउँछौं ।” अर्थका अनुसार गृहले आफ्नै खर्चसहित विभिन्न शीर्षकमा रकम मागेको छ । मन्त्रालयले आफ्नै खर्चका लागि ९५ लाख, जिल्ला प्रशासन कार्यालयहरूका लागि २ करोड, नेपाल प्रहरी र माताहत कार्यालयका लागि ६९ करोड ७० लाख, सशस्त्र प्रहरीका लागि १८ करोड ७९ लाख र राष्ट्रिय अनुसन्धान विभाग र यसअन्तर्गतका कार्यालयका लागि ६८ लाख ४३ हजार रुपैयाँ माग गरेको छ ।
कारोबारबाट

Logo