भरतपुर, २२ , भदौ
आवश्यक पूर्वाधार नहुँदा भरतपुर अस्पतालले सुत्केरी र नवजात शिशुको भुइँमै राखेर उपचार गराइरहेको छ । बच्चा जन्मेदेखि २४ घन्टा सम्मको अवधि शिशु र सुत्केरीका लागि जोखिम युक्त भए पनि शैया अभावका कारण अस्पतालले बाध्य भएर उपचार गरेको जनाएको छ । ‘अकस्मात सुत्केरी गराउन आउँछन्, बच्चा जन्मिएपछि शैया अभावमा भुइँमै उपचार गराउन बाध्य भएका छौँ,’ भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले भने, ‘शैया थोरै छ, सेवा लिन धेरै आउँछन् ।’ दैनिक ६० जना सुत्केरी गराउन अस्पताल आउने गरेको मेसु डा. मरासिनीले बताए । यस अस्पताललाई उत्कृष्ट सेवा दिएको भन्दै गत साता मात्रै एक संस्थाले उत्कृष्ट अस्पतालको अवार्ड दिएको थियो ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया