केन्द्रबिन्दु संवाददाता । काठमाडौं २१ भदौ ।
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर गृह जिल्ला ताप्लेजुङका एक मुटु रोगी बिरामी बालकलाई आर्थिक सहयोग गरेका छन । जन्म दिनको उपलक्ष्यमा उनले दिएको यो उपहारलाई नौलो र अर्थपूर्ण मानिएको छ ।
ताप्लेजुङ फुङ्लिङ नगरपालिका ९ हाङ्देवाका ७ बर्षिय मिलन शेर्पाको उपाचारका लागि नगद १५ हजार रुपैयाँ उपचार खर्च दिने भएका हुन । मुटुका विरामी शेर्पाको दुईवटा भल्ब फेर्नुपर्ने अवस्था रहेको छ । दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गर्नु पर्ने कुमार शेर्पाको कान्छो छोरा हुन् मिलन । काठमाडौंको गंगालाल मुटु अस्पातालमा उपचार गराई रहेका शेर्पा नियमित फलोअपमा जान समेत समस्या रहेको परिवारले जनाएको छ ।

कुमार शेर्पाको बिरामी कान्छो छोरा ७ बर्षिय मिलन शेर्पा
भट्टराईले एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सन्तोष मादेनमार्फत सहयोग गरेका हुन् । उनले काठमाडौंमा उपचार गर्न अध्ययनका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि भट्टराईले ऋण तिर्न नसकेर गोठालो बसेका ताप्लेजुङका बालक दोर्ची शेर्पालाई उद्दार गरी काठमाडौं ल्याएर अध्ययनको व्यवस्था मिलाएका थिए भने भूकम्प पिडीत बालकलाई शैक्षिक तथा आर्थिक सहयोग गरेका थिए । विरामी शेर्पाको थप उपचार र पालन पोषणमा पनि सचिव भट्टराईले सक्दो सहयोग गर्ने समेत बताएका छन ।





























प्रतिक्रिया