हुम्ला, २० , भदौ
गत आर्थिकवर्षमा हुम्लाको ४४ करोड ३६ लाख २४ हजार रुपैयाँ फ्रिज भएको छ । जिल्लाको लागि आएको रकम फिर्ता भएसँगै विकास निर्माणका कार्यहरू अलपत्र भएका छन । आर्थिक वर्ष २०७३ ०७४ का लागि बिनियोजित ३ अर्ब १५ करोड ३८ लाख २५ हजार रकमको अख्तियारी आइ निकासा आएको भए पनि असार मसान्त सम्म २ अर्ब ७१ करोड २ लाख मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राजन रेग्मीले बताए।
जसमा जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूको गरेर पुँजिगत तर्फ १ अर्ब २ करोड ८८ लाख ८४ हजारमा ७५ करोड ८७ लाख ६० हजार खर्च भयो । २७ करोड १ लाख २४ हजार रकम फ्रिज गएको छ भने चालु तर्फ २ अर्ब १२ करोड ४९ लाख ८० रुपैयाँमा १ अर्ब ९५ करोड १४ लाख ४० रुपैयाँ खर्च भएर १७ करोड ३५ लाख ४० हजार फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख रेग्मीले बताए।
नागरिकबाट





























प्रतिक्रिया