२०, भदौ ,काठमाडौं
हिजो रसुवागढी नाका हुँदै भित्रिएको करिब ४३ करोड रुपैयाँ बराबरको ८८ केजी अवैध सुन बरामद भएपछि अहिले नेपालमा सुन तस्करीहरु सल्बलाउन थालेको प्रष्ट छ । नेपाल पछिल्ला दिनहरुमा सुन तस्करहरुको अखडा बन्दै आएको छ । गएको एक हप्ताको अन्तरालमा १ सय केजी भन्दा धेरै अवैध सुन प्रहरीले बरामद गरेको छ । यसले सुरक्षा निकायलाई ठूलो चुनौती थपेको छ । गएको पाँच बर्षमा मुलुकमा तस्करीका लागि ल्याइँदै गरेको सवा दुई अर्ब रुपैयाँ बराबरको सुन बरामद भएको बताइएको छ । यद्यपी यो परिमाण निकै कम हो।
दैनिक एक सय किलो सुन तस्कर हुने अनुमान गरिए पनि प्रहरीले न्यून परिमाणमा मात्रै बरामद गर्दै आएको पाइएको छ । हाल सम्म धेरै परिमाणमा बरामद भएको सुन मध्ये
आर्थिकवर्ष २०६९/ ०७० मा ८३ केजी , ०७० /०७१ मा ८९ केजी , २०७१ साल साउनमा २० केजी र मंसिर २५ केजी त्यस्तै २०७३ साल माघ १ मा १३ केजी , पुस ६ मा ५ केजी , पुस २१ मा ३३ केजी , चैत ३ मा ७ केजी र ०७४ जेठ ३० मा ६ केजी सुन बरामद भएको छ । यसैगरि असार २९ मा ९ केजी , भदौ १५ मा २२ केजी , ०७४ साल भदौ १९ मा ८८ केजी अवैध सुन प्रहरीले बरामद गरि सार्वजनिक गरिसकेको छ ।





























प्रतिक्रिया