कोरोना अपडेट: थप १७ जनाको मृत्यु, थपिए २ हजार ५०८ संक्रमित

कोरोना अपडेट: थप १७ जनाको मृत्यु, थपिए २ हजार ५०८ संक्रमित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।

त्यस्तै आज २ हजार ५०८ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।जसमा ३८ हजार ५८४ सक्रिय संक्रमित छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २६४ कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २७९ जनाको पिसिआर परीक्षण भएको छ।

Logo