२० भदौ , बाँके
पेट दुखेर असह्य भएपछि नेपालगन्ज उपमहानगरपालिका–९ बस्दै आएकी सीमा थारू उपचारका लागि नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालको इमर्जेन्सीमा गइन् । "/>

इमर्जेन्सी बिरामीले समेत उपचार नपाउने अस्पताल

इमर्जेन्सी बिरामीले समेत उपचार नपाउने अस्पताल

केन्द्रबिन्दु
0
Shares

२० भदौ , बाँके
पेट दुखेर असह्य भएपछि नेपालगन्ज उपमहानगरपालिका–९ बस्दै आएकी सीमा थारू उपचारका लागि नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालको इमर्जेन्सीमा गइन् । छिटो र सस्तोमा उपचार पाइने आशामा उनी अञ्चल अस्पतालको इमर्जेन्सीमा पुगेकी थिइन् । तर उनले सोचेजस्तो भएन । इमर्जेन्सीमा त सिकारु स्वास्थ्यकर्मी बाहेक अरू कोही थिएनन् ।

इमर्जेन्सीमा पुगेको धेरै बेर सम्म सोध्ने कोही नआएपछि उनी निजी क्लिनिकतर्फ निस्किइन् । ‘इमर्जेन्सीमा चिकित्सक थिएनन्, एचए पढिरहेका भाइबहिनीले अन्यत्र उपचार गराउन जानुस् दिदी भने,’ उनले भनिन् । अस्पतालले वेवास्ता गरेपछि उनी जस्ता धेरै विरामी समस्यामा छन् । त्यस्तै भेरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट वीरेन्द्रबहादुर चन्दलाई अस्पतालका कर्मचारी र चिकित्सकले नपत्याएका कारण अस्पताल छाडा भएको सेवाग्राहीको भनाइ छ । ‘बिरामी बस्ने कोठाका शैयाका कपडा मैला भएका छन्,’ बुबाको उपचार गर्न भेरी अञ्चल अस्पताल आएका पत्रकार यदुराज मिश्रले भने, ‘बेडमा सफा तन्ना राख्न र शौचालय सफा गर्ने व्यवस्था मिलाउन आग्रह गर्दा कर्मचारीले भनेको नमान्ने गरेको मेडिकल सुपरिटेन्डेन्टले जवाफ दिए ।’ शैयामा सफा लुगा राख्न र शौचालय सफा गर्न निर्देशन दिँदा कर्मचारीले टेर्दैनन् भन्ने जवाफ मेडिकल सुपरिटेन्डेन्टले दिएको उनले बताए ।
नयाँपत्रिकाबाट

Logo