२० भदौ , बर्दिबास
लामो समयको रस्साकसीका माझ महोत्तरी सहित प्रदेश नम्बर दुईमा प्रमुख राजनितिक दलहरुले ले उमेदवारको नाम टुङ्गो लगाए पनि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले महोत्तरीको कुनै पनि स्थानीय तहमा उमेदवारको नाम टुङ्गो लगाउन सकेको छैन। "/>

मुख्‍य दलले उम्‍मेदवार टुंग्याए

मुख्‍य दलले उम्‍मेदवार टुंग्याए

केन्द्रबिन्दु
0
Shares

२० भदौ , बर्दिबास
लामो समयको रस्साकसीका माझ महोत्तरी सहित प्रदेश नम्बर दुईमा प्रमुख राजनितिक दलहरुले ले उमेदवारको नाम टुङ्गो लगाए पनि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले महोत्तरीको कुनै पनि स्थानीय तहमा उमेदवारको नाम टुङ्गो लगाउन सकेको छैन। संविधान संसोधन प्रस्ताव टेबुलको नतिजा कुर्ने हुँदा राजपाले उमेदवारको नाम टुंग्‍याउन लगाउन नसकेको हो।
मुख्‍य दलले मेयर र उपमेयरको उम्‍मेदवार चुने पनि प्रदेश नम्बर २ मा चुनाव लड्न सहमत भएपनि उमेदवारको नाम तय गर्न नसक्दा राजपाको चुनावी प्रचार प्रसार पनि जिल्लामा सुस्त देखिएको छ। उमेदवारको टुङ्गो लगाउन केन्द्रीय कार्यालय काठमाण्डौंमा बैठक बसिरहेका छौं। मंगलबार सम्म उमेदवारको नाम टुङ्गो लगाइसक्छौं, राजपाका केन्द्रीय महासचिव देवेन्द्र यादवले भने, प्रमुख दलहरुले पहिला देखिनै चुनावी तयारीमा थिए। उनीहरुले छिटै उमेदवार टुङ्गाए। हामी संसोधन प्रस्ताव टेबुल गरेर आएको रिजल्टपछि चुनावमा जाने निर्णय लियौं। त्यसैले हाम्रो उमेदवार तय गर्न पनि ढिलो भएको छ।
अन्नपूर्णपोष्टबाट

Logo