जाजरकोट, १९, भदौ

दशैं नजिकिदै गर्दा जिल्लामा खाद्यसंकट चुलिएको छ । पाँच घन्टा पैदल हिँडेर खाद्य डिपो आएका बारेकोट गाउँपालिका ३ का दलजीते कामी चामल नपाएपछि निराश भएर रित्तै फर्किए । "/>

दशैंको मुखमा जाजरकोटमा खाद्यसंकट

दशैंको मुखमा जाजरकोटमा खाद्यसंकट

केन्द्रबिन्दु
0
Shares

जाजरकोट, १९, भदौ

दशैं नजिकिदै गर्दा जिल्लामा खाद्यसंकट चुलिएको छ । पाँच घन्टा पैदल हिँडेर खाद्य डिपो आएका बारेकोट गाउँपालिका ३ का दलजीते कामी चामल नपाएपछि निराश भएर रित्तै फर्किए । घरमा अन्न सकिएपछि उनले गाउँभरि अन्न खोजे तर पाएनन्।गाउँमा नपाएपछि नायकवाडाको घाटमा रहेको खाद्य संस्थानको डिपोमा चामल लिन आएका थिए । ‘डिपोमा पनि चामल नभएको भन्दै दिएनन’, उनले भने, ‘खाद्यान्न किन्न टाढा जाने पैसा छैन । नजिकै पाइँदैन । अब कसरी छाक टार्ने हो ।’

आफ्नै खेतबारीबाट उत्पादन गरेको घरको अनाज सिद्धिएको र डिपोमा चामल नभएपछि दलजीतको परिवार समस्यामा परेको छ । त्यस्तै बारेकोट ५ का जयधने सार्कीले गाउँमा उत्पादित अन्न सकिएको र नायकवाडाको घाटमा रहेको खाद्य डिपोमा पनि चामल नभएपछि गाउँमा खाद्य संकट परेको बताए । उनले भने, ‘न त खाद्य डिपोमा चामल पाइन्छ न गाउँमै, अब के गरेर गुजारा चलाऊँ । जहान परिवार पाल्नै गाह्रो भइसक्यो ।’

अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo