सुर्खेत, १९, भदौ
वीरेन्द्रनगर नगरपालिका अब छोरीमैत्री हुने भएको छ । छोरीमैत्री नगर बनाउन नगरपालिकाले विभिन्न योजना अगाडि सारेको छ । "/>

छोरी जन्मने बितिकै बैंक खाता खोलिदिने

छोरी जन्मने बितिकै बैंक खाता खोलिदिने

केन्द्रबिन्दु
0
Shares

सुर्खेत, १९, भदौ
वीरेन्द्रनगर नगरपालिका अब छोरीमैत्री हुने भएको छ । छोरीमैत्री नगर बनाउन नगरपालिकाले विभिन्न योजना अगाडि सारेको छ । छोरा मोहका कारण वीरेन्द्रनगरमा गर्भपरीक्षण गरी भ्रूण हत्या गर्ने क्रम बढेको छ । छोरा भए जन्माउने र छोरी भए भ्रूणमै हत्या गर्नेको संख्या बढेपछि नगरपालिकाले यस्तो प्रवृत्ति रोक्न योजना ल्याएको हो । शिक्षित व्यक्तिहरू बस्ने नगरभित्रै छोरीमाथि गर्भमै विभेद भइरहेकाले अब वीरेन्द्रनगरलाई छोरीमैत्री सहरका रूपमा विकास गर्न लागेको नगरपालिकाले जनाएको छ ।
छोरामोहका कारण गर्भमै छोरीको हत्या बढ्दो छ । भ्रूणहत्याले सामाजिक संरचना नै खलबलिने अवस्था आयो, वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदीले भने, यसलाई रोक्न हामीले वीरेन्द्रनगरलाई छोरीमैत्री नगरका रूपमा विकास गर्दै छौं ।

भ्रूणमै छोरीको हत्या गर्नेमाथि कारबाही हुने उनले दाबी गरे । हामी स्थानीय प्रशासनसँग मिलेर कडा अनुगमन गर्नेछौं, उनले भने, छोरी भएकै कारण अब गर्भपतन गर्ने व्यक्ति, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले छुट पाउँदैनन् । विभेद रोक्न नगर कार्यपालिकाले प्रोत्साहन स्वरूप छोरी जन्मने बितिकै बैंक खाता खोलिदिने निर्णय गरेको छ । हालसम्म सातजनाको नाममा नगरपालिकाले बैंकमा खाता खोलिदिएको छ ।
अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo