काठमाडौं १९, भदौ
नजिकिदै गरेको हिन्दु नेपालीहरुको महान चार्ड दसैंका लागि उपत्यकामा करिब ६६ करोड रुपैयाँ बराबरका खसीबोका र च्यांग्रा भित्रिने भएका छन् । खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त मूल्य बराबरको खसीबोका र च्यांग्रा भित्र्याउने तयारी गरेका हुन् । दशैंमा राँगा, कुखुरा र अन्य पशुपंक्षीहरुको पनि खपत उल्लेख्य हुँदै आएको छ । राजधानीमा मात्र नभएर देश भरि नै दशैंमा मासुको माग उच्च हुने गरेको छ । स्वस्थ मासु उपभोग गर्न सरकारले सर्वसाधारणलाई अनुरोध गरेको छ ।































प्रतिक्रिया