जब घरको ढोका भत्किँदा सहरको अवशेष भटियो …

जब घरको ढोका भत्किँदा सहरको अवशेष भटियो …

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १८ भदौ ।

प्राचीन एवं पुरानो घर हेर्नमा राम्रो मात्र हुँदैन, त्यसको फरक इतिहास पनि हुन्छ । कहिलेकाहीँ यस्ता घरको एक कालखण्ड गुज्रिएर जान्छ, जसको बारेमा कतिपय रहस्य रहस्यमै रहन्छन् ।

यस्तै भएको थियो, टर्कीको एनाटोलियाको कायसेरी प्रान्तमा ।

त्यहाँको एक पुरानो घर एक व्यक्तिले खरिद गरेका थिए । उक्त घरको उनले मर्मत गर्ने सोच बनाए । त्यस क्रममा अचानक घरको ढोका भत्कियो । त्यसपछि त्यहाँ जे देखियो, त्यस्तो उक्त घर खरिदकर्ताले कहिल्यै सोचेका थिएनन् ।

५० वर्षीय मुस्तफा बोज्देमिर नामका व्यक्तिले त्यस क्षेत्रमा घर खरिद गरेका थिए । घर एकदमै पुरानो थियो र केही स्थानमा मर्मतको आवश्यकता थियो । घर खरिद गरेको पाँच वर्षपछि उनले घरलाई पुर्ननिर्माण गर्ने सोच बनाए । तर, मर्मतको क्रममा घरको एउटा ढोका भत्कियो । पहिला त मुस्तफाले सोचे, घरको त्यो स्टोर रुम होला । तर, जब उनी अरु व्यक्तिको साथमा त्यहाँबाट भित्र प्रवेश गरे, त्यहाँ बर्षौ पुरानो सहर फेला पर्यो ।

त्यो सहर एकदमै भव्य थियो र जमिनभन्दा मुनि केही भवनहरू थिए । स्थानीय कल्चर एन्ड टुरिज्म विभागलाई त्यसबारे खबर गरियो । उनीहरूले पत्ता लगाए– त्यो वर्षौ पुरानो द्रेकुयु सहरको अवशेष थियो ।

द्रेकुयु सहर जमिनभन्दा ६० मिटर तल बसेको थियो । यसमा १८ वटा भवन थिए । त्यसभित्र चर्च, स्कुल, पसल थिए । त्यहाँ करिब २० हजार व्यक्ति बस्थे । त्यसबेला त्यहाँ अन्डरग्राउन्ड सहर यसकारण बसाइन्थ्यो, कुनै युद्ध वा प्राकृतिक विपदबाट मानिसहरू बच्न सकुन् ।

टर्कीका केही इलाकामा अन्डरग्राउन्ड सहर बसाइएको थियो । (एजेन्सीको सहयोगमा)

Logo