काठमाडौं, १८ भदौ
नजिकिंदै गरेको दशैंका लागि खसिबोका किन्दा सिङ हेर्न महानगरपालिकाले सर्वसाधारणलाई अनुरोध गरेको छ । "/>

खसिबोका किन्दा सिङ हेर्न महानगरपालिकाको अनुरोध

खसिबोका किन्दा सिङ हेर्न महानगरपालिकाको अनुरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १८ भदौ
नजिकिंदै गरेको दशैंका लागि खसिबोका किन्दा सिङ हेर्न महानगरपालिकाले सर्वसाधारणलाई अनुरोध गरेको छ । खसीबोकाको सिङमा रातो लगाइएको खसीको मासु नखानुस् । हरियो लगाएको मात्र खानुस्। किनकि रातो रङ लगाएको खसीबोका अस्वस्थ हुन्छन्। दशैंमा राजधानी भित्त्याउने खसीबोकाको स्वास्थ्य परीक्षण शुरू गर्न लागेको काठमाडौं महानगरपालिकाले सबै जनतालाई स्वस्थ्य खसीबोकाको मात्र मासु खान अनुरोध गरेको छ।

कामपाले गत वर्षजस्तै यो वर्ष पनि खसीबोकाको परीक्षण शुरू गर्ने भएको छ। राजधानीमा खसीबोका भित्रने नाकामा कडा चेकजाँच गरी परीक्षण गरिएको मात्र खसीबोकाको मासु खान अनुरोध गरेको कामपाले यो वर्ष असोज २ गतेदेखि परीक्षण शुरू गर्ने भएको छ।
नेपाल समाचारपत्रबाट

Logo