दार्चुला, १८ भदौ

सात वर्षअघि निर्माण सुरु भएको दार्चुला–तिंकर सडक निर्माण योजनाको काम कछुवा गतिमा हुँदा दार्चुलावासीको चाँडै नै राष्ट्रिय सडक सञ्जालमा जोडिने आशा हराउँदै गएको छ । "/>

१४० किलोमिटरको सडक ७ वर्षमा १८ किलोमिटर मात्रै !?

१४० किलोमिटरको सडक ७ वर्षमा १८ किलोमिटर मात्रै !?

केन्द्रबिन्दु
0
Shares

दार्चुला, १८ भदौ

सात वर्षअघि निर्माण सुरु भएको दार्चुला–तिंकर सडक निर्माण योजनाको काम कछुवा गतिमा हुँदा दार्चुलावासीको चाँडै नै राष्ट्रिय सडक सञ्जालमा जोडिने आशा हराउँदै गएको छ । सडक बनेपछि तिंकर भन्सार नाका खुल्ने, चीनबाट सहजै आवश्यक वस्तु आयात गर्न सकिने, कैलाश मानसरोवर दुई दिनमै पुगिने र समग्र दार्चुलाले काँचुली फेर्ने जिल्लावासीको सपना थियो । तर सडक निर्माणको जिम्मा पाएका कार्यालय र निर्माण व्यवसायीको लापर्बाहीका कारण सडकले गति लिन सकेको छैन । १ सय ४० किलोमिटरको यो सडक निर्माण सुरु भएको ७ वर्षमा जम्मा १८ किलोमिटर मात्रै ट्र्याक खुलेको छ ।

सो ट्र्याकसमेत गाडी गुड्न सक्ने अवस्थामा छैन । आर्थिक वर्ष २०६६/६७ मा सरकारले यो सडक निर्माणलाई प्राथमिकता दिँदै शुभारम्भ गरेको थियो । आर्थिक वर्ष २०७५/७६ सम्ममा १ सय ४० किलोमिटर सडक निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । तर निर्धारित समय सकिनै लाग्दा १८ किलोमिटर मात्र ट्र्याक खुलेको छ । दार्चुला–तिंकर सडक निर्माणका लागि विनियोजित बजेट पनि खर्च भएको छैन । यस सडकका लागि विगतका चार आर्थिक वर्षमा सरकारले ७० करोड ९४ लाख ८१ हजार विनियोजन गरेको छ । तर खर्च भने २२ करोड ९३ लाख ८० हजार मात्रै भएको छ । चार वर्षमा यो आयोजनाका लागि विनियोजित रकम मध्ये ४८ करोड १ लाख १ हजार फिर्ता भएको छ ।
राजधानीबाट

Logo