काठमाडौं, १८ भदौ
सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दैनिक ५० जना रुघाखोकी, ज्वरो, झाडापखाला लगायतका बिरामी आउने गरेका छन् । "/>

जहाँ रिपोर्ट नहेरी औषधि चलाइन्छ

जहाँ रिपोर्ट नहेरी औषधि चलाइन्छ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १८ भदौ
सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दैनिक ५० जना रुघाखोकी, ज्वरो, झाडापखाला लगायतका बिरामी आउने गरेका छन् । सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले धेरैजसो बिरामीको नमुना परीक्षण गर्ने गरेको बताए । ‘बिरामीको लक्षणका आधारमा भर्ना गराएर उपचार सुरु गर्छौँ, अनुभवका आधारमा औषधि चलाउँछौँ,’ उनले भने, ‘बिरामी पूर्णरूपमा ठीक भएर घर पुगेपछि स्वाइनफ्लु पोजेटिभ वा स्क्रब टाइफस पोजेटिभ रिपोर्ट आउँछ ।’

उनले केही समय अनुमानमा औषधि चलाउन सकिए पनि कहिलेकाहीँ रिपोर्टमा अरू नै रोग देखिएको अवस्थामा गम्भीर समस्या निम्तिन सक्ने बताए । ५० बिरामी मध्ये ४३ जनाको रिपोर्ट निको भएर घर गएपछि आउने गरेको पुनको भनाइ छ । ‘सुरुका दिनमा रिपोर्ट आउन एक साता लाग्थ्यो,’ उनले भने, ‘अहिले तीनदेखि चार दिनमा रिपोर्ट आउँछ । तर, धेरै बिरामी निको भएर गइसकेका हुन्छन् । बिरामी स्वयंलाई के रोग लागेको थियो भन्ने पनि जानकारी हुँदैन ।’
नयाँपत्रिकाबाट

Logo